नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द अस्वस्थ हुनुभएको छ । चन्दको सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्दै समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सिंगो संगठनको तर्फदेखि सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ ।
चन्द अस्वस्थ भएको खबर पाउना साथ समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल लुधियाना पुग्नु भएको थियो ।
चन्दको स्वास्थ्य अवस्था बारे चिन्तीत हुँदै नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का महामन्त्रि मोहनविक्रम सिंहले निरन्तर सम्पर्क गरि जानकारी लिइरहनुभएको हामीलाई अध्यक्ष खनालले बताउनु भयो ।
त्यस्तै वामपन्थी नेता आनन्द शर्मा, हरि आचार्य, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पनि निरन्तर हामीसँग सम्पर्क गरि चन्दको स्वास्थ्य अवस्था बारे जानकारि लिनुका साथै सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ ।
यसै बीच एक वक्तव्य जारि गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फदेखि समाजका अध्यक्ष ठाकुर खनालले उपाध्यक्ष चन्दको सिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नु भएको छ । अध्यक्ष खनालले वक्तव्यमा लेख्नुभएको छ :
“हाम्रो संगठन मूल प्रवाह मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समितिका उपाध्यक्ष हिरासिंह चन्द आज दिउँसो उच्च रक्तचापको कारण ब्रेनस्टोक भई बेहोस अवस्थामा हुनुहुन्छ । वहाँको पंजाबको लुधियानास्थित डिएमसी अस्पतालको सघन चिकित्सा कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।
उपाध्यक्ष हिरासिंह चन्दको स्वास्थ्यमा भएको समस्याप्रति हामी अत्यन्तै गम्भिर छौं । सिंगो संगठनको तर्फदेखि चन्दको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । “