
खिमराज चालिसे,
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर समितिले भारतमा उपचाररत एक नेपाली युवकलाई आर्थिक सहयोग गरेको छ । न्यूरो सम्बन्धी समस्याबाट पीडित रोल्पाका भुप बहादुर विकलाई उपचारार्थ ३२ हजार रुपैयाँ सहयोग गरेको हो ।
आर्थिक स्थिती कमजोर भएका २७ वर्षीय भुपबहादुरको विगत १६ वर्षदेखि बठिन्डास्थित एम्समा न्युरोको उपचार चलिरहेको छ । उनको कम्मरबाट तल खुट्टासम्म नचल्ने अवस्थामा रहेको हुँदा उनलाइ विगत दुई महिनादेखि एम्समा भर्ना गरिएको थियो ।
उनको हालै भएको अप्रेशन पछि अझै समस्या परेको हुँदा उपचारार्थ सहयोग गरिएको मूल प्रवाहका क्षेत्रीय सदस्य नर बहादुर ओलीले जानकारी दिनुभयो ।
पीडित भुप बहादुर विक रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वार्ड नम्वर १ हुन्दुङ निवासी प्रकाश विकका छोरा हुन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कश्मीरदेखि कन्याकुमारीसम्म रहेका नेपालीहरुको समस्या, दुख कष्ट, र पीडामा सहयोग गर्दै भारतस्थित नेपाली हरुकोबीचमा अभिभावकीय संगठनको जिम्मेवारी निभाउँदै आइरहेको छ ।















