हिसारमा धमाधम मूल प्रवाहको संगठन निर्माण

खिमराज चालिसे

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा धमाधम संगठन निर्माण शुरु गरिएको छ । यसै बीच नगर समितिद्धारा सञ्चालित इन्ड्रष्ट्रीयल एरिया समिति अन्तर्गत माडल टाउन स्थित श्रमजिवी नेपालीहरुको बीच सम्पन्न भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ।

मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, नगर अध्यक्ष बाबुराम पोख्रेल, सदस्यहरु लाल बहादुर चुदाली, सुरेश क्षेत्री, बिष्णु गौतम, महिला नगर संयोजक सीता पोख्रेल, क्षेत्रीय सदस्य चन्द्रा सोमरे समेतको विषेश उपस्थितिमा सम्पन्न सो भेलामा भारतस्थित नेपालीहरूको समस्या लगाएत समसामयिक विषयमा व्यापक चर्चा गर्दै सदस्यता पनि वितरण गरिएको थियो।

भेलाले कमल मुखियाको अध्यक्षतामा नौ सदस्यीय टोल समिति गठन गरेको छ, जस्मा : सचिव- ज्ञानु दर्लामी, कोषाध्यक्ष- मिना बिक, सदस्यहरुमा क्रमशः पदम बिक, हरिकला मुखिया, देव बहादुर मुखिया, कल्पना मुखिया, दान बहादुर दर्लामी र एक स्थान रिक्त राखिएको छ ।

भेलाको कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा दान बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार