खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितीको दशौं क्षेत्रीय सम्मेलन तैयारीको लागी विस्तारित बैठक पंजाबको बठिन्डामा भब्य रुपमा सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितीको विस्तारित बैठकले आगामी 29-30 अप्रेल 2023 मा दशौँ क्षेत्रिय सम्मेलन गर्ने निर्णय सहित अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा 251 सदस्यीय सम्मेलन तैयारी समिती गठन गरेको हो।
‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको सामाजिक सुरक्षाको लागि संगठित बनौं’ भन्ने नाराका साथ मूल प्रवाहले भारतव्यापी रुपमा 22 अप्रैल देखि 10 जुन 2023 सम्म क्षेत्रीय सम्मेलनहरु गर्ने अभियान अन्तरगत सुदुर पश्चिमोत्तरको क्षेत्रिय विस्तारित बैठक सम्पन्न भएको हो।
मूल प्रवाह का केन्द्रीय अध्यक्ष ठाकुर खनालले विस्तारित बैठक मैनबत्ती प्रज्वलित गरि उदघाटन गर्नु भएको थियो । उदघाटन भाषणमा खनालले मूल प्रवाह एकता समाजले रोजीरोटिको खोजीमा भारत पसेका लाखौ-लाख नेपालीहरुको हकहितको रक्षा गरिरहेको बताउनु भयो । वहाँले भारत स्थित नेपालीहरुलाई स्वदेशसंग जोडदै पुल बनेर राष्ट्रियता, धर्मनिरपेक्षता तथा गणतन्त्रको रक्षाको पक्षमा संघर्ष गरेको गौरवमय ईतिहास रहेको धारणा राख्नु भयो । अध्यक्ष खनालले अगाडी थप्नु भयो संघियता, एमसिसी र एसपिपी विरुद्धको संघर्षमा पनि मूल प्रवाहको अहम भुमीका निर्वाह गरी रहेको छ ।
विस्तारित बैठकमा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, महिला सुदुर पश्चिमोत्तर क्षेत्रीय विभागकी खगी थापा, विद्यार्थी संघबाट माधव पोख्रेल, सांस्कृतिक विभागका बिल बहादुर गुरुङ, समता विभागका हुम बहादुर बिक, जनजाती विभागका तेज बहादुर रोकाले पनि सम्वोधन गर्नु भएको थियो।
बैठकल अध्यक्ष प्रेम सापकोटाको संयोजकत्वमा 7 सदस्यीय व्यवस्थापन समिति, कोषाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आर्थिक समिति, सचिव त्रिभुवन भट्टराईको संयोजकत्वमा प्रचारप्रसार समिति, सदस्य बिल बहादुर गुरुङको संयोजकत्वमा सांस्कृतिक समिती, सदस्य प्रेम आचार्यको संयोजकत्वमा स्वयंसेवक समिति, सदस्य तिलक पौडेलको संयोजकत्वमा मेस तथा बजार व्यवस्थापन समिति गठन भएको छ ।
बिस्तारित बैठकको अध्यक्षता क्षेत्रिय अध्यक्ष प्रेम सापकोटा तथा संन्चालन सचिव त्रिभुवन भट्टराईको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूलाई कुल बहादुर बगालेले मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।