चंडिगढमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

 

खिमराज चालिसे, चंडिगढ, ८ मार्च २०२३ । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, चंडिगढ नगर समिति अन्तर्गतको महिला विभागको आयोजनामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य दिनेश खड्काले यो संरचनाको आमूल परिवर्तन बिना महिला तथा उत्पीडित श्रमजिवीहरुको अधिकारको रक्षा हुन नसक्ने धारणा राख्नु भएको थियो

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार एवम् महिला नेतृ जुना चालिसे, परिषद् सदस्य थमन थापा, नगर अध्यक्ष मान बहादुर केसी, रक्तिम विभागका बिनु नेपाली, विद्यार्थी संघ केन्द्रीय सदस्य बिष्णु बेल्बासे, समता विभागका दुर्गा बिक, खेल विभागका पुरन थापा, महिला नगरकी बिष्णु अर्याल, मधु सुवेदी, क्षेत्रिय सदस्य सिमा खडका, नगर विभागकी जीवा गुरुङ, मन्जु बिक, विमला खनाल, तारा ज्ञावली, जमुना पान्डे, पार्वता एमसी, लक्ष्मी क्षेत्री, माया नेपाली लगायत बोल्नु भएको थियो ।

उक्त कार्यक्रममा रक्तिमका कलाकारहरुले साँस्कृतिक प्रस्तुतिहरु पनि दिएका थिए । सो कार्यक्रम माया आचार्यको अध्यक्षता तथा जमुना खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित सम्पूणर्लाइ कुमारी थापाले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार