धर्मराज शर्मा
केरला, 26 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत संचालित नालियाकुणि एरिया, एटुमान्नुर एरिया, चेङ्गनाशेरी एरिया र पुदुपल्लि एरियाको संयुक्त सम्मेलन सम्पन्न भएको छ ।
हरि प्रसाद पौडेलको अध्यक्षता एवं छबिलाल कार्कीको संचालन अगाडी बढको उदघाटन समारोहमा केन्द्रिय सदस्य चोबनाथ शर्मा, क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्यहरू भद्र बहादुर थापा, मनोज जि.सी., महिला क्षेत्रीय विभागबाट धन कुमारी के.सी., क्षेत्रीय समता विभागबाट, शेर बहादुर बि.क., नगर सदस्य दिलबहादुर राना, प्रेम प्रसाद शर्मा र महिला नगर विभागबाट खिरमया थापाको अतिथी आसन पछि ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेटको मौन धारण गरियो ।
आयोजक समितिबाट बालिका देवी शर्माले अतिथीहरू तथा सहभागीहरूलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथी केन्द्रिय सदस्य चोबनाथ शर्माले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मूल प्रवाहले स्थापना काल भारतस्थित नेपालीहरूको हकहित र उत्थान लागि काम गर्दै आएको छ। मूल प्रवाह नेपाली एकता समाजले रोजगारको विदेशिन बाध्यभएका नेपालीहरूमा राजनैतिक चेतनाको बिकास गर्दै उनीहरूलाई राजनैतिक कार्यकर्ताको रूपमा तैयार गरेको छ । मूल प्रवाहबाट तयार भएका कार्यकर्ताहरू पंचायतको बेलामा पन्चे, साहु माहजन, फटाहले गरेको थियोमिचो देखि अहिले देशमा भएको भ्रटाचार अन्याय अत्याचारका विरूद्धमा उत्रेकाछन् साथै राष्ट्रियता जनतन्त्र जनजिवीकाको लागि चल्ने आन्दोलनमा अग्रिणी भुमिका खेली रहेकाछन् भन्नु भयो ।
उदघाटन समारोहलाई धर्मराज शर्मा, भद्र बहादुर थापा, मनोज जि.सी., धन कुमारी के.सी., शेर बहादुर बि.क., दिलबहादुर राना, प्रेम प्रसाद शर्मा र खिरमया थापाले पनि सम्बोधन गनु भको थियो ।
संयुक्त सम्मेलनमा चार एरिया समितिको चयन गरिएको छ । जसमा
नालियाकुणि एरिया समितिः अध्यक्ष एकराज, उपाध्यक्ष बालिकादेबि शर्मा, सचिव मिलन शर्मा, सहसचिव सरस्वती ओझा, कोषाध्यक्ष रुपा पौडेल, सदस्यहरुमा खुमलाल ओझा, शिव चापागाई, बि एकराज पौडेल, सुदिप श्रीस, धर्मराज शर्मा र ओमकार गौतम हुनुहुन्छ।
एटुमान्नुर एरिया समितिः अध्यक्ष नारायण कार्की, उपाध्यक्ष भिम बहादुर कार्की, सचिव छबिलाल कार्की, सहसचिव खिरमायाँ थापा, कोषाध्यक्ष धनकुमारी के.सी. सदस्यहरुमा जंगबहादुर थापा, मिना कार्की, जुना कार्की, देबि कार्की, दलबहादुर खड्का, तिल प्रसाद तिवारी हुनुहुन्छ।
चेङ्गनाशेरी एरियाः अध्यक्ष लाल चन्द्र पौडेल,सचिव टिकाराम वाग्ले, कोषाध्यक्ष शेर बहादुर बि.क., सदस्यहरूमा नेत्र प्रसाद सुवेदी र गणेश आचार्य हुनुहुन्छ ।
पुदुपल्लि एरियाः अध्यक्ष युवराज रेग्मि, उपाध्यक्ष नारायण शर्मा, सचिव हरि प्रसाद पौडेल, सहसचिव चोबनाथ शर्मा, कोषाध्यक्ष खुमादेवि शर्मा, सदस्यहरुमा लक्ष्मि पौडेल, धना दरै, अम्बिका देवि शर्मा, हरिबहादुर भुजेल, बिष्णु देवि रेग्मी, बलबहादुर थापा हुनुहुन्छ ।
दोस्रो चरणको कार्यक्रम घोषणा सभामा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य भद्रबहदुर थापाले नवनिर्वाचित समितिको घोषणा गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नारायण कार्की र संचालन धर्मराज शर्माले गर्नु भएको थियो ।