नोवा कारले टक्कर दिंदा प्यूठानका रुम बहादुरको निधन

वठिण्डा । प्युठान नगरपालिका १० निवासी चित्र बहादुर थापाका ४१ वर्षीय छोरा रुम बहादुर थापाको पञ्जाब बठिन्डा शहरस्थित महेश्वरी चौकमा ५ अप्रेल २०२३ को साँझ करिव ९ः०० बजेतिर कारले टक्कर दिंदा घटना स्थलमै मृत्यु भएको छ ।
थापाले चलाइरहेको होन्डा स्कुटीलाई तेज रफतारमा चलेको H26BA 6929 नम्बरको नोवा कारले टक्कर दिंदा घटना स्थल मै मृत्युु भएको स्थानीय प्रहरीले बताएका छन् ।

सो घटनाको सुचना प्राप्त भए पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाका सदस्य नारायण केसी शहित अन्य कार्यकर्ताहरू घटनास्थलमा पुगि स्थलगत जानकारी प्राप्त गर्नुभएको थियोे ।

६ अप्रेल २०२३ का दिन मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओली, नगर समितिका टेक बहादुर केसी, बालाराम जिसी, गिरी बहादुर मगर, हृेमलाल बिक, त्यस्तै एकता मन्चका दुर्गादत्त न्यौंपाने र राजु केसी शहितको प्रतिनिधि मण्डलले पुलिस थाना बठिन्डासँग वार्ता गरि घरबाट श्रीमती बोलाई प्रशासनिक कार्बाही अगाडि बढाइने बताइको छ ।

मृतक रुम बहादुर थापाले दुई छोरा, एक छोरी र श्रीमतीलाई हामी बीच छोडेर सदाको लागि यो विदेशी भुमिमा ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार