मूल प्रवाह चेन्नई पश्चिमद्धारा आर्थिक सहयोग

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला सिमलपाटा बाग्लुङ स्थायी घर भई तारापति पौडेलको छोरा हुनुहुन्छ ।

मूल प्रवाह एकता समाजका सदस्य रहनुभएका पौडेल विगत १२ बर्षदेखि आन्नानगरको एउटा बंगलामा कार्यरत हुनुहुन्थ्यो । गत वर्ष उहाँको एक मात्र छोरा रुखबाट खसेर उपचारका क्रममा मृत्यु भएको थियो । छोराको उपचारमा लागेको ऋण त्यसमाथि पुत्र वियोगको शोक मै रहेको बेला छ महिना पहिला वहाँ स्वयं प्यारालाइसिसबाट ग्रसित हुनुभएको थियो ।

वहाँको कमाउन सक्ने आधार नभए पछि श्रीमतीको ४/५ हजारको जागिरले औषधी उपचार लगायतका खर्च र स्वदेशसम्म जाने बाटाखर्च समेत नभएको निवेदन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिमा दिनुभएको थियो । वहाँहरुको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले नगर समितिको पहलमा आम कार्यकर्ता एवं शुभचिन्तकहरु समक्ष आर्थिक संकलन गरिए रु ८०००/- ( ने.रु.१२,८००/-) वहाँलाई हस्तान्तरण गरिएको छ ।

सो आर्थिक मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल, उपाध्यक्ष शशीराम थापा, सचिव किशोर शर्मा, नगर सदस्य प्रकाश बहादुर नेपाली, कमला नेपाली लगायतको उपस्थितिमा पौडेल र वहाँकी धर्मपत्नी श्रीमती कुमारी पौडेललाई हस्तान्तरण गरिएको हो । वहाँहरुकै निवासमा हस्तान्तरण गरि नेपाल घरसम्म पुग्ने टिकटको समेत व्यवस्था मिलाईएको नगर सचिव किशोर शर्माले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार