सुदुर पश्चिमोत्तर क्षेत्रका सम्पूर्ण नगरहरुमा विरोध सभा सम्पन्न

चंडिगढ, ४ जुन । भर्खंरै नेपाल सरकारले विवादित नागरिकता विधेयकलाई राष्ट्रपतिद्वारा प्रमाणित गराईएको कदमलाई नेपाली राष्ट्रिय हित विरुद्धको कदम भएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतका सम्पूर्ण नगर समितिहरुमा विरोध सभा सम्पन्न पारिएको छ ।

विरोध सभामा भारतको नव उद्धघाटित संसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि समेटी सिंगो नेपाली भू-भाग नै गाभिएको “अखण्ड” भारतको नाममा भित्ते चित्रमा प्रदर्शित गरिएको विषयप्रति पनि विरोध गरिएको छ । भारतको उक्त कदम नेपाली सार्वभौमसत्ता माथी आक्रामण हो भन्दै वक्ताहरुले विरोध गरे ।

रोपड,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोपडको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।

मदन थापाको सञ्चालन र छविलाल सापकोटाको अध्यक्षमा अगाडि बढेको सो सभामा केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।

‘विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित गरेर प्रधानमन्त्री प्रचण्डले भारतलाई खुशी पार्ने काम गरेका हुन् ।’ सापकोटले भन्नु भयो- ‘अझै पनि नेपालमा न्यायपालिका ज्यूँदो रहेकोले त्यसलाई रोकेर राष्ट्रको पक्षमा भूमिका निर्वाह गरेको छ ।’

कार्यक्रममा क्षेत्रीय समितिबाट शिवलाल लामिछाने, विल बहादुर गुरुङ, खगी थापा, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, नगर समितिबाट लाल बहादुर थापा, साँस्कृतिक विभागबाट रुपा कार्की, एरिया समितिबाट जगन्नाथ कँडेल, दुर्गा लामिछाने, प्रजापति सापकोटा र मनिराम सापकोटा लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मञ्जु थापाले स्वागत गर्नूभएको थियो ।

श्रीगंगानगर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति श्रीगंगानगरको आयोजनामाबिरोध सभा सम्पन्न भएको छ ।

रेशम भण्डारीको सञ्चालन र गिररुप्रसाद न्यौंपानेको अध्यक्षमा अगाडि बढेको सो सभामा केन्द्रीय सचिव त्रिभुवन भट्टारुईले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।

‘विवादित नागरिकता विधेयक हतारमा राष्ट्रपतिबाट प्रमाणित गरेर प्रधानमन्त्री प्रचण्डले भारतलाई खुशी पार्ने काम त गरे नै साथसाथै गम्भिर प्रकारको राष्ट्रघात गरे ।’ भट्टराईले भन्नु भयो- ‘नेपाली जनताले २०६२-६३को महान जनआन्दोलनको बलमा स्थापित गणतन्त्रिक व्यवस्थामा सत्तासित पार्टीहरुका गलत प्रकारका गतिविधि कै कारण आज देशमा साम्राज्यवादी एवं प्रतिगामी तत्वहरु सलवलाउन मौका पाएका हुन् ।’ नेपाली जनताले नराम्रोको विकल्पमा अझै नराम्राहरुलाई चुन्ने कोशिस गरेको छ, त्यो अत्यन्तै घातक भएको भट्टराईको थप भनाई थियो । यस प्रकारका राष्ट्रघाती व्यक्तिहरुले गणतान्त्रिक व्यवस्थामा स्थान पाउनु दुखको विषय भएको भट्टराईले बताउनु भयो ।

कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय समितिबाट हुम बहादुर विक, विष्णु थापा, महिला क्षेत्रीय विभागबाट बसन्ता नेपाली, कमला खड्का, कमला जिसी लगायतले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रेम विकले स्वागत गर्नूभएको थियो ।

चंडिगढ,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चंडिगढको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।

सभालाई सम्वोधन गर्दै मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, जनजाति विभागका थमन थापा, रक्तीम विभागका बिनु नेपाली, विद्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्बासे, क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, महिला नगर संयोजक माया आचार्य, खेल विभागका थानेश्वर पाण्डे, समता विभागका दुर्गा विक, जाति समता समाजका पुर्व केन्द्रीय सदस्य राम बहादुर नेपाली, लोकसस्कृतीका दिनेश रंजन, विद्यार्थी नगर सचिव राम पंथी लगाएतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम तेज बहादुर रोकाको सञ्चालनमा तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । सहभागिहरुलाई किसन खनालले स्वागत गर्नु भएको थियो।

जालन्धर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।

बिरोध सभामा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का नगर समितिका राजेन्द्र थापा, वासुदेव पौडेल, लक्ष्मी थापा, माया परियार, हरिकला बगाले, इन्दिरा कुँवर, रोशनी बस्याल, निर्मला पाण्डे, राम बहादुर दर्लामी, नरेश कुमाल हुनु हुन्थ्यो ।

कार्यक्रम तिल बहादुर थापाको सञ्चालनमा तथा माधव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो ।

संगरूर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुरको आयोजनामाबिरोध सभा सम्पन्न भएको छ ।

बिरोध सभामा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खनाल, लक्ष्मी बिष्ट, भिमा थापा, पबित्रा बस्याल, धन बहादुर बिक, मनिषा गोतामे, शान्ती बोहरा, शान्ता नेरु, सिता थापा, सावित्री पोख्रेल, विष्णा बस्नेत लगाएत हुनु हुन्थ्यो।

कार्यक्रम नारायण भुसालको सञ्चालनमा तथा खेमराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत सरिता भुसालले गर्नु भएको थियो।

बठिन्डा,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाको आयोजना मा बिरोध सभा सम्पन्न भएको छ ।

विरोध सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सदस्य नर बहादुर ओलीले सम्बोधन गर्नुभएको थियो । त्यसैगरि बालाराम जिसी, नारायण अधिकारी, गणेश पोख्रेलले पनि गहकिला विचार राख्नु भएको थियो ।

कार्यक्रम टेक बहादुर केसीको अध्यक्षतामा तथा तुल्सा थापाको सञ्चालनमा सम्पन्न भएको हो भने नारायण केसी को स्वागत गर्नु भएको थियो।

हिसार,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार को आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।

बिरोध सभामा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरे, नगर समिति का नन्द बहादुर लम्तरी, ओमप्रकाश तिवारी, सीता पोख्रेलले गहकिला बिचार राख्नु भएको थियो ।

कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षतामा तथा नारायण विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

लुधियाना,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लुधियानाको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
उक्त सभामा मूल प्रवाह केन्द्रीय समितिका राजकुमार शाही, परिषद सदस्य उदैसिंह चन्द, नगर समितिका चक्र बहादुर चन्द, महिला विभागबाट दिपा चन्द, मिना दर्लामी, फोकलपाइन्टका धन प्रसाद अधिकारी, सिटिका माना भट्टराई, भगत बिक, अर्जुन सुनार लगाएत हुनुहुन्थ्यो ।
बल बहादुर केसीको अध्यक्षता तथा अर्जुन कार्किको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई बिनराम पुरीले स्वागत गर्नु भएको थियो।

अम्वाला
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अम्बाला को आयोजनामा नागरिकता विधायक तथा भारतिय संसद भवनमा राखिएको नक्शाको विरुद्ध बिरोध सभा सम्पन्न भएको छ ।

उक्त सभामा मूल प्रवाहका नगर अध्यक्ष कमल सुवेदी, नगरका नेताहरु बिष्णु सापकोटा, रामप्रसाद बस्याल, दुर्गा पन्त, महिलाबिभागकि सोभा रसाईली पार्वती क्षेत्री र सिता नेपालीले गहकिला बिचार राख्नु भएको थियो ।

कार्यक्रम लक्ष्मण अर्यालको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत प्रेम रसालीले गर्नु भएको थियो ।

डेराबसी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति डेराबसीको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।
उक्त सभामा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख अतिथिको आशनबाट सम्वोधन गर्नु भएको थियो । त्यस्तै मूल प्रवाह क्षेत्रीय सदस्य काजीमान राई, नगरबाट संजय विक, महिलाबाट सबिता राई लगाएतले विचार राख्नु भएको थियो ।
कार्यक्रम श्याम कुमार धिमालको अध्यक्षतामा तथा गोविन्द भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने दिलमाया लुईटेलले गर्नु भएको थियो।

बिकानेर,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

उक्त विरोध सभामा मूल प्रवाह क्षेत्रीय सदस्य राम प्रसाद पोख्रेल, महिला संयोजक कमला पाण्डे, क्षेत्रीय महिला सदस्य सविता शर्मा, सरु राना मगर, राम बहादुर राना मगर, बल बहादुर राना, विशाल अधिकारी, श्रीप्रसाद शर्मा, कमला पराजुली लगाएतका कार्यकर्ताहरुले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम लोक बहादुर पाण्डेको अध्यक्षतामा तथा मनिषा भुलको सञ्चालनमा र हेमन्त पराजुलीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो।

पटियाला,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पटियालाको आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ ।

नागरिकता विधेयक तथा भारतीय संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्शाको नक्शामा नेपाली भुभागहरुलाई पनि समेटीएकोप्रति विरोध जनाउँदै सो बिरोध सभा सम्पन्न गरिएको हो ।

उक्त विरोध सभामा मूल प्रवाह नगरका शिवरथ सुनार, पार्वती रेग्मी र कबिराम शर्मा लगाएतका कार्यकर्ताहरुले मन्तव्य  दिनुभएको थियो ।

कार्यक्रम बिष्णु भुसालको अध्यक्षतामा तथा गोपाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको  थियो।

सिरसा,

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिरसा नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

सुरेस बिकको सञ्चालन र रबि सोनीको अध्यक्षताबाट अगाडि बढेको सो विरोध सभामा सहभागिहरुलाई बोबिता गौतमले स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय समितिका संकर गौतमले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार