श्रीगंगानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरस्थित पुरानी आवादी एरियामा भेला सम्पन्न भएको छ । भेलाले कमला खड्काको अध्यक्षतामा २७ सदस्यीय एरिया समिति पुनर्गठन गरेको छ।
मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसीले उद्घाटन गर्नुभएको एरिया भेलामा भारतस्थित नेपालीहरूको समसामयिक समस्या र मूल प्रवाहको आवश्कताबारे चर्चा गरिएको थियो।
भेलाबाट निर्वाचित समितिको घोषणा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले गर्नु भएको थियो। अध्यक्ष कमला खडकासहित उपाध्यक्ष बाबुराम विक, सचिव सरिता बुढाथोकी, सहसचिव सुनिता विष्ट र कोषाध्यक्षमा देवबहादुर थापा चयन हुनुभएको छ ।
सदस्यहरुमा क्रमशः लिलु खड्का, कमला जिसी, गोविन्द खड्का, लक्ष्मण थापा, शान्ता थापा, दुर्गा थापा, सरस्वता घले, चुमान घले, शुभाष विक, दानी केसी, वसन्ता खडका, कमला भुसाल, अमर सुनार, पुरन जीसी, बिमला जिसी, गिता बनिया, मनिषा सुनार, पुरन जिसी, सन्तोष केसी, बाग्मती केसी, विष्णु खड्का रहनुभएको छ भने एक स्थान हाल रिक्त राखिएको छ ।
भेलामा सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्यहरु हुमबहादुर विक, गिरुप्रसाद न्यौपाने, विष्णु थापा, महिला विभागका वसन्ता नेपाली, कमला खड्का र राष्ट्रिय जनमोर्चा दाङका नेता शिवप्रसाद पोख्रेलको पनि आथित्यता रहेको थियो।
कमला जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेशम भन्डारी तथा स्वागत सुनिता विष्टले गर्नु भएको थियो ।