बैंगलोरमा मूल प्रवाह महिला विभागको प्रशिक्षण

बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिला विभागको प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसक्रममा जिसीले देशको राजनीतिक अवस्थाबारे स्पष्ट पार्दै भारतमा महिलाका समस्या र संगठित हुनुपर्ने आवाश्यकताबारे धारणा राख्नुभएको थियो । उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महिला हरुलाई संगठित गर्दै मुक्तिको आन्दोलनमा सरिक हुन गरेको योगदानबारे चर्चा गर्नु भएको थियो।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भगवति कुँवर, केन्द्रीय सदस्य नरेश विक, दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सदस्य धरम पहरी, ओम बहादुर दाहाल, प्रमानन्द खडायत लगायत अतिथिले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

२७ जुलाईका दिन सम्पन्न कार्यक्रमको अध्यक्षता मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य तथा दक्षिण भारत महिला विभागकी संयोजक पार्वती विकले गर्नुभएको थियो भने सञ्चालन विभागका सदस्य निर्मला दाहालले गर्नुभएको थियो ।

उपस्थित जनसमुदायलाई उत्तर नगर महिला विभाग संयोजक दुरा पहरीले शब्दद्वारा र कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरुलाई विभागीय सदस्य राजु विकले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार