हिसार । राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध भारतको सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि मूल प्रवाहले कालो ब्यानरमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य केहरसिंह घर्ती मगर, महिला क्षेत्रीय सदस्य सीता पोख्रेल, नगर समितिका नन्दबहादुर लम्तरी, महिला विभागकी कमला बगाले, एरियाका भुप कुमाल लगाएत हुनुहुन्थ्यो।
विरोध सभा नगर अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षता तथा मनबहादुर घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।