
भटिन्डा । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेज गरौँ” नाराका साथ पञ्जाबको भटिन्डामा तिजी कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा सेप्टेम्बर १८, २०२३ सोमबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मोमबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रीय तुल्सा थापा, नगर सदस्य टङ्कबहादुर केसी र नगर सदस्य बलराम जिसीलगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम नारायण केसीको सञ्चालन, सङ्गिताको अध्यक्षता र प्रदीप भण्डारीको स्वागत मन्तव्य रहेको थियो ।
















