विकानेर । गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं मुल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिद्वारा सञ्चालित महिला विभागको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न पारिएको छ ।
कमला पाण्डेको अध्यक्षता र मनिषा भूलको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसीले प्रमुख अथिति आसनबाट मन्तव्य दिनुभएको थियो । जिसीले देशको समसामयिक परिस्थिति र भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको भूमिकोको बारेमा प्रष्ट्याउनु भएको थियो ।
त्यस्तै सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य रामप्रसाद पोख्रेल, महिला विभाग क्षेत्रीय सदस्य सवीता खनाल, नगर समिति अध्यक्ष लोक बहादुर पाण्डे, उपाध्यक्ष राजु बिक, सचिव पारस पराजुली, कोषाध्यक्ष बल बहादुर राना, महिला विभागबाट उषा बीसी, साँस्कृतिक विभागबाट राम कुमार रसाईली लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदप्रति १ मिनट मौनधारण पछि प्रगतिशिल तीज कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायहरुलाई मन्तव्यबाट अस्मिता केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको विधिवत उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य कृष्ण जीसीले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि महिलाहरुले प्रगतिशिल एवं तिजीका मौलिक गित तथा नृत्य कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।