संगरुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न

खिमराज चालिसे

संगरुर, २० सेप्टेम्बर । भारतको पंजाब राज्यको संगरुरमा मूल प्रवाह महिला विभाग संगरुरको आयोजनामा सोमवार १८ सेप्टेम्बर २०२३ तिजको कार्यक्रम सम्पन्न गरिएको छ ।

तिजी कार्यक्रम मूल प्रवाहका सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष खेमराज पोख्रेलले मैनबत्ती बालेर करतार ध्वनीमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नारायण भुसाल, सिला खनाल, सबित्रा पोखरेल, हेमन्त मरासिनी, गुणनिधी आचार्य, पितम्वर आचार्य, पवित्रा बस्याल, धन बहादुर बिक, मधु भुसाल, दिपक भुसाल, रमेश बस्नेत, सुमन्त आचार्य, लक्ष्मण पोख्रेल लगाएतले सम्वोधन गर्नु भएको थियो ।

तिजी कार्यक्रम राम प्रसाद खनालको सञ्चालनमा तथा मन्जु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सरिता भुसालले स्वागत गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार