चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले आर्थिक सहयोग गरेको छ । मूल प्रवाहले जैमिनी नगरपालिका ५ विनामारे निवासी रामकुमार विक (रामु) लाई सो आर्थिक सहयोग गरेको हो ।
रामकुमार विक (रामु)ले क्षेत्रीय समितिलाई दिएको निवेदन अनुुसार आफ्नो आर्थिक अवस्था अत्यन्तै दयनिय भएको र आफू विमारी भएकोले उपाचारका लागि आर्थिक सहयोगको लागि निवेदन गरेका थिए । सो निवेदन अनुसार क्षेत्रीय समितिले विभिन्न स्थानका कार्यकर्ताहरु बीच आर्थिक संकलन गरि नेपाली रुपैयाँ ५० हजार सहयोग गरिएको हो ।
सो आर्थिक राजमो बाग्लुङका जिल्ला सदस्य ठाकुर प्रसाद शर्माले निज रामकुमार विक (रामु)लाई २०८० असौज ३ गते हस्तान्तरण गर्नुभएको छ । आफूले सो आर्थिक प्राप्त गरेको भरपाई समेत रामकुमार विक (रामु) ले सार्वजनिक गरेका छन् । साथै उनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरुलाई धन्यवाद र कृतज्ञता समेत प्रकट गरेका छन् ।