बेंगलोरमा ४५औं स्थापना दिवस कार्यक्रम सम्पन्न

बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बंगलौरको आयोजनामा ४५औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा नगर समितिकी सदस्य निर्मला दाहालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य धर्म पहरीको आतिथ्यता पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित सम्पूर्णलाई नगर समितिकी सदस्य दुरा पहरीले शब्दबाट स्वागत गर्नुभएको थियो ।

क्षेत्रीय सदस्य धर्म पहरीले एकता समाजको ४४औं वर्ष पारगरी ४५औं वर्षमा प्रवेश गर्दैको गौरवमय इतिहासले भारतमा आफ्नो विदेशी जीवन बाँच्न बाध्य भएका नेपालीहरुको अभिभावकको रुपमा काम गर्दै आएको बताउनु भएको थियो ।
त्यस्तै नगर समितिकी सदस्य सरस्वती केसी, सीता कुँवर र कोपिला शर्माले पनि आ-आफ्नो तर्फबाट शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार