नेपाली एकता समाज भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश

निखिल रावत गुजरात

वापि, २० अप्रेल । वैद्य माओवादी निकट नेपाली एकता समाज भारत सिलवासा नगर समितिका राम बहादुर थापा र केम बहादुर सारूको नेतृत्वमा २० जना सदस्यहरू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।

नवप्रवेशी सदस्यहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोविंद थापाले स्वागत तथा सम्मान गर्दै मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राम बहादुर थापाले नेपाली एकता समाज भारतले भारत प्रवासमा रहेका नेपालीहरूको हकहित र अधिकारको सवालमा काम गर्न नसकेकोले नै आफूहरूले संयुक्त रुपमा राजिनामा सार्वजनिक गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको बताउनु भयो । भारत प्रवासमा सबैको दुःख सुखको साथिको साथीको रुपमा स्थापित भएको मूल प्रवाहमा आफूहरू समाहित भएको बताउनु भयो ।

राम बहादुर थापाले अध्यक्षता गर्नु भयको उक्त कार्यक्रमको सञ्चालन केम बहादुर सारूले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार