लुधियानामा मूल प्रवाहको एरिया समिति पुनर्गठन

खिमराज चालीसे,

लुधियाना । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रको लुधियानामा एरिया समिति पुनर्गठन भएको छ ।

आईतबार ९ जुन २०२४ का दिन मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रिय सदस्य एवम् नगर अध्यक्ष उदैसिंह चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बाईपास एरिया समितिको पुनर्गठन गरेको हो ।

भेलाले विभिन्न समसामयिक विषयहरूमा चर्चा–परिचर्चासहित एरिया समिति पुनर्गठन गरेको थियो ।

पुनर्गठित नौ सदस्यीय एरिया समितिमा अध्यक्ष शेरबहादुर चन्द, उपाध्यक्ष विरेन्द्रबहादुर चन्द, सचिव श्यामबहादुर चन्द, कोषाध्यक्ष जयराम विक रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा श्रीबहादुर चन्द, शेरबहादुर चन्द, कलेन्द्रबहादुर नेपाली र बिरेन्द्रबहादुर चन्द रहनुभएको छ भने एक स्थान रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार