खिमराज चालिसे,
चन्डिगढ । भारतको हरियाणा पञ्चकुलास्थित डिएलफल भ्यालीमा मृत अवस्थामा भेटिएका रोल्पाका टेकबहादुर विकको मृत्यु शङ्कास्पद रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसहित विभिन्न सङ्घसंस्थाले दाबी गरेका छन् ।
जुन १५, २०२४ का दिन भएको उक्त मृत्युलाई मूल प्रवाहसमेत विभिन्न सङ्घसस्थाले शङ्कास्पद दाबी गरेका हुन् ।
५३ वर्षीय मृतक टेकबहादुरको शव पञ्चकुलास्थित इडब्लुएस फ्ल्याट डिएलफल भ्यालीमा बाथरुममा फेला परेको थियो । मृतकको जुन १७ का दिन दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कारस्थलमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्य, प्रगतिशील नेपाली समाजका राजेश सोनी, एकता मञ्चका केन्द्रीय सदस्य टेकबहादुर विकलगायत सो मृत्यु शङ्कास्पद बताए ।
त्यस्तै, प्रवासी नेपाली सङ्घ र रोल्पाली सेवा समाजका कार्यकर्ता, विकका पारिवारिक सदस्य तथा आफन्तजनको बिचमा समाजका प्रतिनिधिहरूले सो मृत्यु शङ्कास्पद नै भएको दाबी गरे ।
सञ्चारकर्मी खिमराज चालिसेको सञ्चालन तथा पारिवारिक सदस्य कैलास विकको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा एक मिनेट मौनधारण गरिएको थियो।
मृतक टेकबहादुर रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर–६ कोटगाउँ निवासी हुन् ।