मूल प्रवाहका एरिया सदस्यको पहलमा पौने तिनलाख सहयोग

 खिमराज चालीसे

चंडिगढ, १२ जुन ।  मूल प्रवाह चंडिगढ अन्तर्गत मोहाली एरिया समितीका सदस्य सुरेश श्रीपालीको पहलमा एक महिना भित्रै करिब पौने तिनलाख सहयोग संकलन गरि मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ। प्युठान जिल्लाको गौमुखि गाउँपालिका वार्ड नम्वर ३ धाराखानि रजबारा निवासी नबिन्द्र सुनारको ०८ वर्षीय छोरि समिक्षा सुनार पछिल्लो १ वर्ष देखि मृगौला पीडित भई भारतको चंडिगढ स्थित पिजीआई हस्पिटलमा उपचाराधिन बालिकाको उपचारार्थ नेरु २८५५४३/- (हिजो सम्मको संकलीत रकम) बुझाईएको हो। पिडितको घरको आर्थिक अवश्था अति कमजोर रहेको र अत्यधिक उपचार खर्च रहेको अवश्थामा मूल प्रवाहका मोहाली एरिया सदस्य सुरेश श्रीपालीले गत एक महिना पहिला आर्थिक अभियान थालनी गरेका हुन। श्रीपालीले शुरु गरेको अभियानलाई सर्वसाधारण समेतले निकै उत्साह पुर्वक सहयोग गरेका हुन। हिजो ११ जुन २०२४ को मोहाली एरिया सचिव जुना चालिसे, सदस्यहरु सिमा खडका र शुरेश श्रीपाली एंव महिला नगर सदस्य सरस्वता भुसाल सहितको टिम पिजीआई हस्पिटलमा पुगी जनक सुनारबाट संकलित नेरु ८३०००/- र विक्रम सुनारबाट नेरु १४५००/ समेत टोटल नगद २१०३२५/- नेरु सहयोग हस्तान्तरण गरेको हो । यसरी पछिल्लो समय ७५२१८ र यसपटकको २१०३२५ गरि टोटल २८५५४३/- नेरु पिडितलाई हस्तान्तरण गरिएको हो। समिक्षाको उपचारमा अझै धेरै रकम लाग्न सक्ने डाक्टरहरुले भनाईको आधारमा आर्थिक अभियान अझै केहि समय चलीरहने सुरेश श्रीपालीले बताएका छन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार