बठिण्डा (पञ्जाब) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिण्डा नगर समितिले विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । संगठनले श्रमजिवी नेपालीहरुमा पर्ने विभिन्न प्रकारका असक्तता, दुर्घटनामा परि घाइते, विमारी एवं अन्तिम संस्कारका लागि समेत सहयोग गरेको विबरणमा उल्लेख छ ।
- -२०१८ मा डबवाली रोडमा दुर्घटनामा परि मृत्युु भएका बिष्णु र किसन नाम गरेका अर्घाखाँची बासिन्दालाई भारु. ६ हजार चन्दा संकलन गरि सहयोग गरिएको थियो ।
- -२०१९ मा काली बहादुर बोहराका छोरा ज्ञान बहादुर बोहरा प्युठान नपा १६ मरन्ठाना प्युठान निवासी सडक दुर्घटनामा परि घाइते भएकालाई भारु. ४० हजार ८ सय सहयोग गरिएको थियो ।
- -अगष्ट २०२० मा (मिर्चु) कृष्ण नेपालीको उपचारको क्रममा ५१ हजार तीन सय र मृत्यु पश्चात् भारु. ५ हजार गरि भारु. ५६ हजार तीन सय सहयोग गरिएको थियो ।
- -अक्टोबर २०२१ मा जमुना ओली करेटी रोल्पा निवासी बिमारी भएको अवस्थामा उपचार स्वरुप भारु. १८ हजार सहयोग गरिएको थियोे ।
- -अप्रेल २०२२ मा करेटी रोल्पा निवासी रण बहादुर बिकको ब्रेनको नसा सम्बन्धि बिमारी भएको अवस्थामा उपचार स्वरुप भारु. ४२ हजार सहयोग गरिएको थियोे ।
- -भुप बहादुर बिक करेटी रोल्पा निवासी बिमारी अवस्थामा स्वदेशबाट उपचारको लागि आएको समयमा उपचार स्वरुप भारु. २० हजार सहयोग गरिएको थियोे । २०२३ मा मान बहादुर बिक देउखुरी दाङ निवासी हाल हाजिरतन बठिन्डामा बस्नेको श्रीमतीलाई गम्भीर बिमारी को अवस्थामा भारु. 25 हजार सहयोग गरिएको थियो ।
- -बिकास नेपाली प्युठान नपा मरन्ठाना प्युठान निवासीलाई परिवार सबै बिमार भएको दयनीय अवस्थामा भारु. ३४ हजार सहयोग गरि नेपालसम्म पुर्याइएको थियो ।
- -चन्द्र बहादुर बिककी श्रीमती प्यारालाइस बिमारी भएको अवस्थामा भारु. ७ हजार सहयोग गरिएको थियो ।
- -प्रकाश नेपाली (शिव बहादुर नेपाली) प्युठान नपा मरनठाना निवासी किड्नीको बिमारीले ग्रसितलाई भारु. १२ हजार र मृत्यु पश्चात् १२ हजार एक साय गरि जम्मा भारु. २४ हजार एक सय सहयोग गरिएको थियो ।
- -गोर्खा निवासी करन गुरुङको श्रीमती निधन भएको समयमा अन्तिम संस्कारको समयमा भारु. ८ हजार भारु सहयोग गरिएको थियो ।
- -झरना थापा ऐरावती गाउँपालिका प्युठान निवासीलाई ७ जुलाई २०२४ मा उपचार स्वरुप भारु. १६ हजार ८ सय सहयोग गरिएको थियो ।
यसरी १०औं नगर सम्मेलनदेखि ११औं नगर सम्मेलनसम्म आइपुग्दा बठिण्डा नगर समितिले भारु. २ लाख ९८ हजार जनतालाई सहयोग स्वरुप खर्च गरेको छ ।