विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ६ सेप्टेम्बर २०२४ को दिन प्रगतिशील तीजी कार्यक्रम भव्य एवं शानदार रूपमा सम्पन्न भएको छ ।
तीजी कार्यक्रमको उद्घाटन बिकानेर नगर निगमकी महापौर सुशीला कवर र क्षेत्रीय सदस्य रामप्रसाद पोखरेलले गर्नुभएको थियो । तीजी कार्यक्रममा मूल प्रवाह क्षेत्रीय महिला बिभाग सदस्य सबिता शर्मा खनाल जनजाति विभागबाट बलबहादुर राना समता विभागबाट राजु बिसी साँस्कृतिक विभागबाट उषा बिसी, विद्यार्थी विभागबाट हिमांशु पराजुली, नगर समिति अध्यक्ष विशाल अधिकारी र लोकबहादुर पाण्डे लगायतको अतिथित्यता रहेको थियो ।
तीजी कार्यक्रम कमला पाण्डेको अध्यक्षता तथा रामकुमार रसाईलीको सञ्चालन एवं शहीदहरूप्रति एक मिनेट मौनधारण पछि प्रगतिशील तीजी कार्यक्रम सहभागिहरुलाई मनिषा भुल मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
गीतहरूबाट कार्यक्रम अगाडि बढेको थियो र विशाल जनमासको उपस्थितिमा निजी कार्यक्रम सम्पन्न भएको थियो।