
रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोपड अन्तर्गत महिला नगर विभागको आयोजनामा प्रगतिशील तीज कार्यक्रम सम्पन्न पारिएको छ।
कार्यक्रममा मूल प्रवाह नगर समिति रोपडका अध्यक्ष भीम कार्की र केन्द्रिय परिषद सदस्य मदन थापाले र यसै गरि महिला विभाग क्षेत्रीय सदस्य दुर्गा लमिछाने, अतिथि ग्रहण गर्नुभएको थियो । सो कार्यक्रम रुपा कार्कीको सञ्चालनमा र महिला अध्यक्ष हरिकला कंडेलको नेतृत्वमा सम्पन्न भएको थियो।
अगाडि बढेको सो कार्यक्रममा, ज्ञात-अज्ञात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारणपछि रक्तिम सांस्कृतिक कलाकारहरूले गीतबाट र चन्द्रकला सपकोटाले शब्दबाट स्वागत गर्नुभएको थियो । अन्य अतिथिहरूले पनि आ-आफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बीच-बीचमा महिला दिदीबहिनीहरूले आ-आफ्नो तर्फबाट तीजको लयमा भव्य रूपमा नाच्दै गाउँदै भरपूर मनोरञ्जन लिनुभएको थियो ।















