चेन्नैमा मूल प्रवाहका चार नगर समितिको संयुक्त विस्तारित भेला

चेन्नै । चेन्नैका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारैओटा नगर समितिको संयुक्त विस्तारित भेला सम्पन्न भएको छ ।

महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा अक्टोबर ६, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू जनकराज पौडेल, चन्द्रकान्त शर्मा, केशमान नेपाली, चन्द्रबहादुर थापा, काशिराम शर्मा र खगेश्वर सुनाले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, कार्यक्रमको अतिथिमा दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सचिवालय सदस्य बुद्विराम पौडेल र विद्यार्थी विभागका कस्तुरी थापा रहनुभएको थियो ।

भेलाले काशिराम शर्माको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा चन्द्रबहादुर थापा, लोकेन्द्र पौडेल, केशमान नेपाली, बुद्वि पौडेल, उमानन्द चालिसे, कोटिप्रसाद पोख्रेल, तेजेन्द्र पुन, खगेश्वर सुनार, सूर्यप्रसाद भुसाल र किशोर शर्मा रहनु भएको छ ।

त्यस्तै भेलाले लोकेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति, कोटिप्रसाद पोख्रेलको संयोजकत्वमा सात सदस्यीय स्वयम्सेवक समिति, लोकेन्द्र पौडेलकै संयोजकत्वमा पाँच सदस्यीय प्रेस समिति, काशिराम शर्माको संयोजकत्वमा तीन सदस्यीय हलमाइक व्यवस्थापन समिति, चन्द्रबहादुर थापाको संयोजकत्वमा १० सदस्यीय सांस्कृतिक समिति, बुद्विराम पौडेलको संयोजकत्वमा १०५ सदस्यीय प्रचार प्रसार समिति र नविना बस्नेत पौडेलको संयोजकत्वमा सात सदस्यीय अतिथि व्यस्थापन समिति चयन गरेको छ ।

क्षेत्रीय सदस्य सूर्यप्रसाद भुसालले धन्यवाद ज्ञापन तथा कार्यक्रमको रूपरेखा केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले प्रतुत गर्नुभएको थियो ।

क्षेत्रीय प्रतिनिधि उमानन्द चालिसेले अध्यक्षता, क्षेत्रीय सदस्य किशोर शर्माको सञ्चालन र क्षेत्रीय सदस्य तेजेन्द्र पुनको स्वागत मन्तव्यसँगै सो भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार