
चन्डिगढ । भारतको चन्डिगढबाट गत अक्टोबर १६, २०२४ देखि सम्पर्कविहीन रहेका रोल्पाका रामकृष्ण बुढामगरको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ ।
रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ३ बागमारा निवासी खिमप्रसाद बुढामगरका २८ वर्षीय जेठा छोरा रामकृष्ण बुढामगर चन्डिगढबाट सम्पर्कबिहिन भएको निवेदन प्राप्त भएपछि मूल प्रवाहले खोजीकार्यमा पहल गरेको हो ।
सर्वत्र खोज्दा पनि नमिलेको भन्दै निजका परिवारले मूल प्रवाहमा खोजीकार्यका लागि निवेदन दिएका थिए ।
अक्टोबर १६ का दिन सिमलाबाट नेपाल फर्कने क्रममा सोलन हुँदै चन्डिगढ आएका रामकृष्णले सञ्जय यादव नामक व्यक्तिको फेसबुक म्यासेन्जरबाट आफू समस्यामा परेको जानकारी परिवारलाई दिएका थिए ।
सम्पर्कविहीन रामकृष्ण कतै भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा बिमल बुढामगर ००९१–९३१७५१३९३७, ८८४७३०२८५८, तिलक ओली ७८०७६११८२२ मा खबर गर्न मूल प्रवाहले अनुरोध गरेको छ ।
















