
हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले वक्तृत्वकला, सदस्यता अभियान र कलाकार सम्मान तथा सांस्कृतिक विभागको पुनर्गठन कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ । केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
वक्तृत्वकला प्रतियोगिता
मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको आतिथ्य रहेको उक्त प्रतियोगितामा २२ जनाले भाग लिएका थिए । धनवीर पुनमगर, नन्दबहादुर लम्तरी, बाबुराम पोख्रेल निर्णायक मण्डलमा रहनुभएको उक्त प्रतियोगितामा प्रथम कमला बगाले, द्वितीय मनबहादुर घर्तीमगर र तृतीय दुर्गा ज्ञवाली हुनुभएको थियो ।

सांस्कृतिक विभाग
कार्यक्रममा गत डिसेम्बर २२, २०२४ का दिन सम्पन्न चन्डिगढमा सम्पन्न क्षेत्रीय सांस्कृतिक प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको हिसारको कलाकार टिमलाई नगर समितिको तर्फबाट सम्मान गरिएको थियो ।

कलाकार सम्मानपछि सोही समारोहमा दीपा लम्तरीको संयोजकत्वमा १३ सदस्यीय सांस्कृतिक विभाग पुनर्गठन गरिएको थियो । समितिमा लालबहादुर लम्तरी, नन्दबहादुर लम्तरी, योगेन्द्र दर्लामी, सेती राना, सबिता राना, ज्योती सारू, योगिता सारू, यमलाल पौड्याल, लक्ष्मी रासकोटी, कृति बिसी, सीता पोख्रेल र रवि गैरे रहनुभएको छ ।
बाल संयोजक मुखिया
सोही समारोहमा प्रमिला मुखिया संयोजक रहनुभएको बाल समिति पनि बनाइएको छ । समितिको सदस्यमा मङ्गल मुखिया, दिपास रास्कोटी, सरिता थापा, आशा मुखिया, मोनिका मुखिया, दीपक मुखिया, दिल माया मुखिया रहनु भएको छ ।
कार्यक्रम सेती रानाको अध्यक्षतामा तथा विष्णु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । उपस्थित सहभागीलाई सांस्कृतिक विमागका कलाकार र नगर समितिका रामु शर्माले स्वागत गर्नुभएको थियो ।














