जालन्धरमा मूल प्रवाहको कलाकार सम्मान तथा सदस्यता अभियान

जालन्धर । भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जालन्धरले कलाकार सम्मान र सदस्यता अभियान सँगसँगै सम्पन्न गरेको छ ।

जनवरी ५, २०२५ आइतबारका दिन केन्द्रीय सदस्य कुलबहादुर बगालेको प्रमुख आतिथ्यमो सो कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा मूल प्रवाहको क्षेत्रीय सांस्कृतिक प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने १३ सदस्यीय सांस्कृतिक कलाकार टिमलाई सर्वप्रथम सम्मान गरिएको थियो । त्यसपछि २०० जना स्थानीय कार्यकर्तालाई सम्मान गरिएको थियो ।

सुदूर पश्चिमोत्तर क्षेत्रिय समितिका सचिवसमेत रहनुभएका बगालेको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय परिषद् सदस्य लक्ष्मण खड्का र जमुना गाहा, केन्द्रीय महिला सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य हिमप्रसाद सुनाम, क्षेत्रीय महिला सदस्य मीना बगाले र मीना थापा, सांस्कृतिक टोलीका सदस्यहरू इन्दिरा कुँवर र रमा विष्ट, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सदस्य शिखर गाहा, अधिवक्ता ऋतिका खड्का र नृत्य निर्देशिका सृजना बगालेको पनि आतिथ्य रहेको थियो ।

कार्यक्रम तिलबहादुर थापाको सञ्चालन, रामु विकको अध्यक्षता र लक्ष्मी थापाको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार