पंचकुला डेराबसी । मूल प्रवाहको पंचकुला डेराबसी नगर समितिको भेला सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलको उस्थितिमा २०२४ जनवरी ५ आइतबारका दिन सो भेला सम्पन्न भएको हो।
समारोहमा सामुहिक सदस्यता वितरण गरिएको थियो । भेलामा नेपाली समाचार साप्ताहिक ग्राहक अभियानलाई सफल पार्न र सङ्घीयता विरुद्धको काठमाडौँ केन्द्रित आन्दोलनमा चैत्र २४ गते नेपाल फर्कनसमेत सबैलाई अनुरोध गरिएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सल्लाहकार प्रेम आचार्य, महिला नगर सदस्य कुमारी थापा र नगर समितिका पुरन थापाले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम नगर अध्यक्ष काजीमान राईको अध्यक्षतामा तथा नगर सचिव सुरेश आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत महिला नगर संयोजक माया आचार्यले गर्नुभएको थियोे ।