
चंडिगढ, २ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्धारा संचालित जनजाती विभाग र समता विभागको संयुक्त भेला २ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले करतार ध्वनीमा समारोहको उद्घाटन गर्दै जातिय मुक्ती आन्दोलन वर्गिय आन्दोलनमा जोडेर मात्र शोषित उत्पिडीत जातजाति र समुदायको उत्थान हुन सक्ने दाबी गर्नु भयो ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं नेपाली समाचार संयोजक खिमराज चालिसेले भेलाद्धारा निर्वाचित गरिएका दुबै विभागहरुको घोषणा गर्नु भएको थियोे ।
जनजाति विभाग

भेलाले प्रेम गुरुङको संयोजकत्वमा ११ सदस्यीय जनजाति विभाग गठन गरेको छ । अन्य सदस्यहरुमाः तेजबहादुर रोका, थमन थापा सारु, जितेन्द्र गुरुङ, हेमबहादुर कनौजिया, दमबहादुर राना, पदमबहादुर थारा, सन्त बहादुर सारु, ईन्द्रबहादुर सारु र मोहन बुढामगर रहनु भएको छ।
समता विभाग

भेलाले लिला विकको संयोजककत्वमा १३ सदस्यीय समता विभागको गठन गरेको छ । सदस्यहरुमाः बिनु नेपाली, दुर्गा विक, अर्जुन विक, दिनेश विक, सुनिता सुनार, माया नेपाली, सुरेश श्रीपाली, बिष्णु विक, प्रेम नेपाली, राम बहादुर सोनी, बिनोद बराल र राम बहादुर नेपाली रहनु भएको छ ।
दुबै विभागलाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं महिला सदस्य जुना चालिसे, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोखरेल र केन्द्रीय सदस्य नारायण आचार्य, मूल प्रवाह केन्द्रीय परिषद सदस्य एंव नगर अध्यक्ष मान बहादुर केसी र महिला नगर संयोजक जमुना खनाल लगाएत हुनुहुन्थ्यो। उक्त समारोहमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सहसचिव तेजबहादुर रोका, साँस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, परिषद सदस्य थमन थापाको आथित्यता रहेको थियो।
कार्यक्रम प्रेम गुरुङको अध्यक्षतामा एवं अर्जुन विकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत भाषण दुर्गा विक र साँस्कृतिक विभागका कलाकारहरुले गर्नुभएको थियोे ।
















