श्रीगंगानगरमा ११५औं श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न

श्रीगंगानगर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरमा ११५औं श्रमिक महिला दिवशको कार्यक्रम ८ मार्च २०२५ को भव्यरुपमा सम्पन्न भएको छ ।

सभालाई मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुबन भट्टराईले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नु भएको थियो । वहाले सम्वोधनमा महिला मुक्ती आन्दोलनमा ८ मार्चको गौरवमय इतिहासलाई निरन्तरता दिन वर्गिय आन्दोलनमा सहभागी हुनुपर्ने धारणा राख्नु भएको थियो ।

उक्त कार्यक्रममा सम्वोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जीसी, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य गिरु न्यौंपाने, हुमबहादुर बिक, बोम बहादुर बिस्ट, बागमती केसी, जागेस्वर न्पौंपाने, कृष्णा नेपाली, आरति नेपाली, सिबा नेपाली, प्रेम बिक, बिस्नु न्यौंपाने लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम बसन्ता नेपालीको अध्यक्षतामा तथा रेशम भन्डारीको सञ्चालनमा एवं कमला खड्का स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार