
चंडिगढ । भारतको चंडिगढमा मूल प्रवाहको आयोजनाम ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम र संघीयता विरुद्ध राजधानी (काठमाडौं) केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक तथा ऐक्यवद्धता कार्यक्रम सम्पन्न गरिएको छ ।
मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले गौरवमय महिला आन्दोलनबाट प्राप्त हक अधिकारलाई वर्तमान व्यवस्थाबाट हकहित र न्यायको परिकल्पना गर्न नसकिने र यो व्यवस्था बदल्नु पर्ने धारणा राख्नु भएको थियो ।
अर्का अतिथि केन्द्रीय सदस्य खिमराज चालिसेले संघीयता विरुद्ध काठमाण्डौं केन्द्रीत आन्दोलनमा आर्थिक, नैतिक र भौतिक सहयोग मन खोलेर गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुमा सुदुर पश्चिमोत्तर क्षेत्रीय सहसचिव तेज बहादुर रोका, क्षेत्रीय सदस्य एंव महिला क्षेत्रिय सदस्य जुना चालिसे, मूल प्रवाह परिषद सदस्य थमन थापा, नगर अध्यक्ष मान बहादुर केसी, अखिल भारत नेपाली विधार्थी संघ केन्द्रीय सदस्य नारायण आचार्य, विद्यार्थी संघ चण्डीगढ सुरज चालिसे, समता विभाग दुर्गा विक, महिला क्षेत्रीय सदस्य सिमा खडका, रक्तिम विभाग अर्जुन विक, मोनिका शर्मा, लक्ष्मी अधिकारी, विष्णु अर्याल, माया नेपाली लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम जमुना खनालको सञ्चालनमा तथा जिवा गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत मधु सुवेदी र स्थानिय कलाकारहरुले गर्नुभएको थियो ।
















