
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति संगरुर एवं महिला विभाग संगरुरको आयोजनामा आज ११५ औं श्रमीक महिला दिवस भब्य र शानदार रुपमा सम्पन्न भएको छ ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य खेमराज पोख्रेलले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्नु भएको सभामा नगर समितिका सबै कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
रामप्रमाद खनालको संचालनमा तथा लक्ष्मी बिष्टको अन्यक्षतामा सम्पन्न कार्यक्रममा गुणानिधी आचार्य, राम जी भुसाल, धन बहादुर बिक, हेमन्त मरासेनी, थम्मन बहादुर खडका, बाबुराम परियार, सागर आचार्य, सरीता भुसाल, अमृता खनाल, शिला खनाल, लक्ष्मी परियार, सरिता शर्मा, रूमा भुसाल, पवित्रा बस्याल, कृष्णा बस्याल, भिमा थापा, शान्ता बोहोरा, सम्झना बिक, प्रमिला थापा लगाएत नगर समितिका सम्पूर्ण कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।
















