
पटियाला । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम रचनात्मक कार्यक्रम सहित मिडिया सेन्टर तर्कशील हालमा सपन्न भएको छ ।
सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष बिष्णु भुसाल प्रमुख अतिथी रहेको सो समारोहमा बाल बालिकाहरूलाई मनोरंजन क्वीज गराईएको थियो । त्यसै गरि महिलाहरुको विचमा म्यूजिक चियर खेल सम्पन्न गरिएको थियो ।
सिमा गुरुङ, ज्योति रेग्मी, जानकि भुसाल, बिमला रेग्मी तथा नगर महिला विभाग र साँस्कृतिक कलाकारहरूद्धारा आ–आफनो नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा बाल कलाकारहरुलाई टिका माला लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तमा महिला नगर संयोजक बिमला रेग्मीले सम्क्षीप्त मन्तब्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियोे ।
















