
विकानेर । राजस्थान राज्यको बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको कार्यक्रम एवं संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनको प्रचारात्मक कार्यक्रम सम्पन्न भएको छ ।
रचनात्मक कार्यक्रम सहित मनाईएको उक्त कार्यक्रममा गहकिला विचार राख्दै सम्वोधन गर्ने वक्ताहरुमा विशाल अधिकारी, मिरा भुल, लोकबहादुर पाण्डे, सम्झना भुल, प्रेमकला बराल, रामप्रसाद, शर्मिला भुल, निर्मला भुल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रममा मूल प्रवाह नेताहरू रामकुमार रसाइली, विशाल अधिकारी, रामप्रसाद पोख्रेल, राजु विक, महिला विभागकी उषा बिक, साँस्कृतिक बिभागका करुणा भुल, निर्मला भुल लगाएतको आथित्यता रहेको थियो।

उक्त समारोहमा महिला नगर विभागले वर्तमान समाजमा देखिएका घरेलु हिंसात्मक बारे नाटक प्रस्तुत गरेका थिए । सो सभा मनिषा भुलको अध्यक्षतामा तथा कमला पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत सबिता खनालले गर्नु भएको छ ।
















