पंजावको जालन्धरमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

खिमराज चालिसे

जालन्धर । मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्र पंजावको जालन्धरमा प्रशिक्षण सम्पन्न भएको छ ।

आईतबार २३ मार्च २०२५ मा नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको हो ।

मूल प्रवाहका केन्द्रीय सचिव एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रममा विविध समसामयिक विषयहरूमा प्रशिक्षण दिईएको थियो ।

प्रशिक्षकमा क्षेत्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जीतमान थापा, महिला केन्द्रीय सदस्य सुष्मा खड्का, केन्द्रीय परिषद् सदस्य जमुना गाहा हुनुहुन्थ्यो ।

कार्यक्रम लक्ष्मी थापाको अध्यक्षता, लक्ष्मण केसीको सञ्चालन र इन्दिरा कुँवरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार