
जालन्धर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जालन्धरमा ३० मार्च २०२५ का दिन नगर समितिको आयोजनामा एकदिने सैद्धान्तिक प्रशिक्षण सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचीव कुल बहादुर बगालेले मैनबत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा विविध समसामयिक विषयहरुमा प्रशिक्षण दिईएको थियो।
कार्यक्रममा प्रशिक्षक केन्द्रीय सचीव कुल बहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जीतमान थापा हुनुहुन्थ्यो ।
प्रशिक्षण कार्यक्रम तिल बहादुर थापाले संचालनमा तथा मीना थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने राम बहादुर दर्लामीले गर्नुभएको थियो।














