
रोपड । मूल प्रवाह रोपड नगर समितिका नगर सदस्य बसन्त थापालाई मूल प्रवाह रोपड नगर समितीले २९ मार्च २०२५ को मूल प्रवाहको संगठनबाट स- सम्मान विदाई गरेको छ ।
रोपडमा १९९० देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्वेवारीहरु निरन्तर सक्रियता पुर्वक निभाउदै आउनु भएका बसन्त थापा आफुले काम गर्ने कम्पनीबाट सेवानिवृत भएपछि मूल प्रवाह रोपडले सम्मान सहित विदाई गरेको हो।
समारोहमा थापा दम्पती र वहाको बुहारी सपना थापालाई मूल प्रवाह रोपड नगर समितीको तर्फबाट सामुहिक फुलमाला लगाएर प्रसंशा पत्र र स्मृतीचिन्ह प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा सम्वोधन गर्दै मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य बिल बहादुर गुरुङले बसन्त थापाले प्रवासमा खेलेको सक्रिय भुमिकालाई देशभित्र अझै निरन्तरता र सक्रियता दिनुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रम विष्णु थापाको अध्यक्षतामा तथा भक्त बहादुर रानाको संचालनमा सम्पन्न भएको हो ।
बसन्त थापा नेपालमा पाल्पा जिल्ला, रामपुर नगरपालिका-१, साँखरडी स्थाई निवासी हुनुहुन्छ।
















