सड्क दूर्घटनामा परेका पूर्व केन्द्रीय सदस्य कुँवरको मूल प्रवाहद्धारा शिघ्र स्वास्थ्यलाभको कामना

नयाँ दिल्ली । महाराष्ट्रको करमला–कुर्डुवाडी बरकुटे नजिकै कार दुर्घटना हुँदा एकजना नेपालीको घट्नास्थल मै निधन भएको स्थानीय समाचारहरूले बताएका छन् । दुर्घटनामा सवारी चालकको अवस्था सामान्य रहेता पनि दुईजनाको अवस्था नाजुक रहेको बताइएको छ ।

घाइतेहरू मध्ये अन्य दुईजनाको करमलास्थित उपजिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते कृष्ण कुँवरसहित अन्य एकजनाको निजी अस्पतालमा उपचार गरिएको छ । कृष्ण कुँवर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य हुन् ।

उनीहरू बैंगलोरमा रेलबाट खसेर मृत्यु भएका झंकर योगीको अन्तिम संस्कार गरेर गुजरात फर्किने क्रममा सो घटना घटेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुर्डुवाडीबाट आउँदै गर्दा वरकुटे नजिकै कार सडकको छेउमा रहेको इमिलीको रूखमा ठोक्किएको थियो । दुर्घटनामा परेका बुवाको दाहसंस्कार गरेर फर्कने क्रममा छोराको पनि मृत्यु भएको छ ।

झंकारनाथ योगी अछामको साँफेबगर नगरपालिका– बैजनाथ निवासी हुन् ।

दूर्घटना १२ मई २०२५ को विहान करिब ४ बजे घटेको स्थानीय प्रशासनले जनाएको छ ।

यसै बिच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले मृतक हर्षदनाथ योगीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते नेता कृष्ण कुँवरसहित सबैको शिघ्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार