
चंडिगढ
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चंडिगढ नगर समितिद्धारा संचालित मोहाली एरिया स्थित सेक्टर ६६ मा २२ जुन २०२५ को मूल प्रवाहको टोल समिति गठन गरिएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे र बिनु नेपाली, नगर सदस्यहरु लिला बिक र सिमा खड्काको विषेश उपस्थितीमा सम्पन्न भेलाले हरि कुवरको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको हो। नवगठित सो समितीको सचिवमा सिता खडका, कोषाध्यक्षमा रजनी शर्मा, सदस्यहरुमा सिमा खड्का, डिला शर्मा, दुर्गा रिजाल, सावित्रा कुवर, सुर्य प्रसाद रिजाल र मोहन बुढा रहनु भंएको छ। कार्यक्रम लिला बिकको अध्यक्षतामा तथा बिनु नेपालीको संचालनमा सम्पन्न भएको हो।
















