
खिमराज चालिसे
चंडिगढ २९ जुन २०२५
चंडिगढ भारतको चंडिगढ सेक्टर ३३ मा कार्यरत क्यान्सर पिडित पाल्पाका लोक बहादुर खाम्चाको उपचारार्थ मूल प्रवाह चंडिगढले नेरू ३३६००/- आर्थिक सहयोग गरेको छ। पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर ९ मेलढाब घर भई लामो समयदेखि भारतको चंडिगढमा कार्यरत लोक बहादुर खाम्चालाई क्यान्सर भ भएको थाहा पाएपछि मूल प्रवाह संग सहयोग अपिल गरेका हुन। आर्थिक स्थिती कमजोर भएका र उपचार खर्च बढि लाग्ने देखेपछि मूल प्रवाह चंडिगढले कार्यक्रताहरु संग सहयोग संकलन गरि आज हस्तान्तरण गरेको हो । मूल प्रवाहका केन्द्रिय सदस्य दिनेश खडका, संचारकर्मी खिमराज चालिसे, मूल प्रवाह नगर अध्यक्ष मान बहादुर केसी, सचिव थानेश्वर पान्डे, कोषाध्यक्ष बिष्णु बेल्बासे, नगर सदस्य अर्जुन बिक र नगर सदस्य दुर्गा विक सहभागी टिमले आज लोक बहादुरको डेरामा पुगी नेरू ३३६००/- सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण पछि पिडित लोक बहादुर खाम्चा र वहाको श्रीमती देबी खाम्चाले मूल प्रवाहलाई धन्यवाद ज्ञापन गरेका थिए ।















