मोहन वैद्यको पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता मूल प्रवाहमा प्रवेश

चन्डिगढ (भारत) । हरियाणा राज्यको हिसारमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल निकट अखिल भारत नेपाली एकता समाजबाट दर्जनौँ कार्यकर्ताले विद्रोह गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।

जुलाई ११, २०२५ का दिन आयोजित एक औपचारिक कार्यक्रममाझ उनीहरू मूल प्रवाहमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशीलाई केन्द्रीय सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष तारा सोमरेले मूल प्रवाहको सदस्यता प्रदान गर्दै अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

समारोहमा तारा सोमरेले सम्बोधन गर्दै मूल प्रवाह भारतस्थित नेपालीको अभिभावक सङ्गठन भएको र प्रत्येक सदस्य सङ्गठनको सम्पत्ती भएको बताउनुभयो ।

नवप्रवेशीलाई सङ्गठित गर्दै कार्यक्रममा २१ सदस्यीय आजादनगर टोल समिति गठन गरिएको छ ।

समितिको अध्यक्षमा प्रतिभा देवकोटा, उपाध्यक्षमा राधिका धमाला, सचिवमा विपना देउवा, सहसचिवमा देविका तिमल्सेना र कोषाध्यक्षमा कल्पना देवकोटा रहनुभएको छ ।

त्यस्तै सदस्यमा तारादेवी अधिकारी, मीना भण्डारी, धनस्वरा देवकोटा, हीरा देवकोटा, पार्वती देवकोटा, जमुना विष्ट, पार्वती जैसी, राधिका अधिकारी, चन्द्रा देवकोटा, लीला देवकोटा, कल्पना तिमल्सेना, महामति तिमल्सेना, वासुदेव देवकोटा र ईश्वर देवकोटा रहनुभएको छ ।

प्रेम देवकोटाको पहलमा आयोजित उक्त कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सदस्य सुरेश क्षेत्री र ओमप्रकाश तिवारी, महिला क्षेत्रीय समितिका सदस्यहरू चन्द्रा सोमरे र सीता पोख्रेल, नगर सदस्यहरू नन्दबहादुर लम्तरी र दुर्गा तिवारी, नगर सदस्य तथा सिटी एरिया अध्यक्ष रामु शर्माको आतिथ्य रहेको थियो ।

कार्यक्रम दुर्गा शर्माको सञ्चालन, बाबुराम पोख्रेलको अध्यक्षता र प्रतिभा देवकोटाको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार