हैदरावादमा क्षेत्रीय महिला विभागद्वारा तिजी कार्यक्रम

हैदरावाद, २६अगस्त २०२५

हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मध्यदक्षिण क्षेत्रीय महिला विभागले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतिथ्यमा अगस्त २६, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका उद्घाटनपछि मन्तव्य राख्दै अध्यक्ष पौडेलले भारतमा मूल प्रवाहको सङ्गठन विस्तारमा महिलाको  महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले यिनै महिलाको योगदान नेपालको महिलामुक्ति आन्दोलनमा पनि रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई पूर्व अध्यक्ष दुर्गाबहादुर केसी र केन्द्रीय महिला विभागकी संयोजक फूलबिना पौडेलले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा केन्द्रीय सदस्य कृष्णबहादुर थापा, क्षेत्रीय समितिका अध्यक्ष खिमबहादुर विक, क्षेत्रीय सचिव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्यहरू कुलबहादुर रेश्मी र थानबहादुर क्षेत्री, क्षेत्रीय सांस्कृतिक विभागकी माया थापा, क्षेत्रीय सदस्य वीरबहादुर विक र क्षेत्रीय सहसचिव शङ्कर नेपालीको आतिथ्य रहेको थियो ।

कार्यक्रममा मध्यदक्षिण क्षेत्रदेखि राजनैतिक यात्रा सुरु गरी केन्द्रीय अध्यक्षजस्तो गरिमामय पदमा नियुक्ति हुनुभएकोमा प्रमुख अतिथि पौडेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

क्षेत्रीय महिला विभाग, रक्तिम क्षेत्रीय विभाग, मध्यहैदरावाद नगर महिला विभाग, उत्तर हैदरावाद नगर महिला विभाग, कुसाइगुडा एरिया समितिले सो कार्यक्रममा प्रगतिशील गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

पुष्पा पौडेलको अध्यक्षता तथा सविता पौडेलको सञ्चालन अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई बिजुला शर्माले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार