भारतस्थित नेपालीहरूको समस्याबारे मूल प्रवाहले सदैव संघर्षरत छ । ठाकुर खनाल

  • बिकानेरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न
  • बिकानेर राजिस्थान, 26 अगस्त 2025
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तरगत बिकानेर नगर समिति महिला विभागको आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कमाला पाण्डे अध्यक्षता मनिसा भूलको संचालन र राम कुमार रसाईलीको संचालनमा सहजीकरणमा अगाडी बढको कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह केन्द्रिय सल्लाहकार ठाकुर खनाल, अन्य अतिथीहरूमा केदार टुर एण्ड ट्रावल्सका नबिन रावल, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद पोख्रल, क्षेत्रीय महिला विभाग सदस्यहरू सविता शर्मा खनाल, सुना थापा, क्षेत्रीय जनजाति विभागबाट बल बहादुर राना, क्षेत्रीय सांस्कृतिक विभागबाट उषा बिसी, क्षेत्रीय समता विभागबाट, राजु बिसी, नगर अध्यक्ष बिसाल अधिकारी, केदार टुर एण्ड ट्रावल्सका मिठ्ठु भूल, नगर संदस्यहरू लोक बहादुर थापा, भिम जैगडी, अर्जुन भूल, रानी बजार एरियाबाट निरज भूल, पटेल नगर एरियाबाट बखत सलामी मगर गांधी नगर एरियाबाट पार्वती एसके हुनु हुन्थ्यो ।कार्यक्रममा सहभागीहरूलाई सबिता शर्मा खनालले मन्तब्यबाट र कलाकारहरूले गित संगितबाट स्वागत गर्नु भएको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथी ठाकुर खनालले पानसबत्तीमा ज्योति प्रज्वलित गरि गर्नु भयो । वहाँले कार्यक्रमा सम्बोधन गर्दै भन्नु भयो । “भारतमा विभिन्न खाले संगठनहरू छन् । तर उनले भारतस्थित नेपाली जनतालाई दोहन गरेका छन् । कसैले  आर्थिक दोहन गरेका छन् भने कसैले भ्रम श्रृजना गरि सत्ता आरोहणको लागि भर्याङ्ग बनाएका छन् । भारतमा एकमात्र संगठन मूल प्रवाह हो जस्ले सदैव भारतस्थित नेपालीहरूको समस्याबारे संघर्ष गर्दै आएको छ । अहिले भारतमा नेपालीका समस्याहरू दिन प्रतिदिन बढ्दै गई रहेकाछन् त्यसको लागि पनि लगतार आवाज उठाएको छ । 1950को सन्धीका आधारमा नेपाल छिरेकाहरू नेपालको अर्थतन्त्र कब्जा गरि सरकारलाई आफ्नो तालमा नचाई रहेकाछन् । त्यसै संधिको आधारमा आएका हामी अनेकन कस्ट झेल्न बाध्य छौं । यो समस्या समाधानको सरकारले दृढ संकल्प सहित कुटनैतिक पहल गर्नु पर्छ । तर सरकारमा बसेकाहरू भारतसंग नतमस्तक छन्, भारतको जी हजुरी गर्छन । त्यसैले हामी सहि सत्य पहिचान गरि संघर्ष गदै सरकारलाई दबाव श्रृजना गर्न मूल प्रवाहमा आवद्व हुनै पर्ने भएको छ ।”


    राम प्रसाद पोख्रल, राजु बिसी, बिसाल अधिकारी, लोक बहादुर थापा, भिम जैगडी, निरज भूल, बखत सलामी मगर र पार्वती एसकेले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक विभागका कलाकारहरू र सहभागी दिदी बहिनीहरूले गित र नृत्यहरू प्रस्तुत गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार