पाण्डीचेरीमा २०८२ सालको प्रगतीशिल तिजी कार्यक्रम सम्पन्न

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डीचेरी महिला नगर बिभागको आयोजनामा २०८२ सालको प्रगतीशिल तिजी कार्यक्रम सम्पन्न पारिएको छ।

२७ अगष्ट २०२५ का दिन सम्पन्न सो कार्यक्रमको अध्यक्षता हिरा देबि शर्माले र सञ्चालन बिस्नु शर्माले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई भगवती कुवर र कलाकारहरूले गित संगितबाट स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका उपाध्यक्ष जनकराज पौडेलको प्रमुख आतिथ्य रहको थियो । पौडेलले दीप प्रज्वलीत गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथी पौडेलले तीजलाई महिला मुक्ति आन्दोलनको रुपमा मनाउनुपर्ने कुरामा मूल प्रवाहको सुरुका दिनदेखि जोड रहेको र त्यही रुपमा भारत भरी मनाइएको बताउनु भयो ।

त्यस्तै केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, बालाकृण गायक, कासीराम शर्मा, क्षेत्रीय समितिबाट सचिबालय सदस्य बुद्दीराम पौडेल, सदस्य गोबिन्द शर्मा, ओमकान्त शर्मा, खगेस्वर शर्मा, समता बिभागबाट गम बहादुर बिक, गणेश परियार, जनजाति बिभागबाट सुरेश चौधरी, पाण्डीचेरी नगर सदस्य गणेश बहादुर केसी, सितम्बरम् नगर समितिबाट रुद्रप्रसाद शर्मा, क्षेत्रीय सांस्कृतिक बिभागबाट डिलब जिएम लगायतले अतिथी आसन ग्रहण गर्नुका साथै शुभकामाना मन्तव्य दिनुभएको थियो ।

महिला बिभागले र सांस्कृतिक बिभागले भब्य तिजी गीत, रक्तिमका गित र नृत्य प्रस्तुत गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार