चंडीगढ़मा मूल प्रवाहको टोल भेला सम्पन्न।

 खिमराज चालिसे

चंडीगढ़, ३१ अगस्त २०२५,  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समिति अन्तर्गत सिटि एरियामा पर्ने प्रगतिशील टोल समिति सेक्टर १६ को चौथो भेला आज आईतवार ३१ अगस्त २०२५ को सम्पन्न भएको छ।

मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले उदघाटन गर्नु भएको सो समारोहमा चालिसेले मूल प्रवाहको ऐतिहासिक आवश्यकता, महत्व र भारत स्थित नेपालीहरुको समस्याहरु बारे संक्षिप्त चर्चा गर्नु भएको थियो। भेलाले राम बहादुर नेपालीको अध्यक्षतामा १५ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि २१ सदस्यीय प्रगतिशील टोल समिति सेक्टर १६ चंडीगढ़को निर्वाचन गरेको छ। नवनिर्वाचित समितिको घोषणा नगर उपाध्यक्ष प्रेम गुरुङले गर्नु भएको थियो। जस्मा उपाध्यक्ष पार्वती एमसी, सचिव सावित्रा सुनार, सहसचिव जगत रसाईली, कोषाध्यक्ष विष्णु विष्ट रहनु भएको छ। यसैगरि सदस्यहरुमा मंन्जु बिक, प्रेम नेपाली, अमृता शर्मा, दान बहादुर जीसी, तिलक बिक, निसा बिक, कमला एमसी राधा घर्ती, कमला राउत, गोविंद रावत रहनु भएको छ। यसैगरि समितिको बैकल्पिक सदस्यहरुमा माया नेपाली, सावित्रा नेपाली, अमृता कुंवर रहनु भएको छ भने सल्लाहकारहरुमा तारा जीसी, गुन्जमान एमसी र पुजा नेपाली रहनु भएको छ।

नवनिर्वाचित समीतिलाई मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य एवं सांस्कृतिक विभाग संयोजक जुना भन्डारी चालिसेले दिनु भएको थियो। भेलामा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय महिला सदस्यहरु बिष्णु अर्याल, मंन्जु बिक र नगर सदस्य मधु सुवेदीको आथित्यता रहेको थियो। कार्यक्रम पार्वती एमसीको अध्यक्षतामा तथा प्रेम नेपालीको संचालनमा सम्पन्न भएको हो भने स्वागत बिष्णु विष्टले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार