
खिमराज चालिसे
चंडीगढ़,३१ अगस्त २०२५
“संगठित शशक्त आन्दोलनले मात्र प्रवासी नेपालीहरुको समस्या समाधान हुन सक्छ” उक्त कुरा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराईले श्रीगंगानगरमा पदमपुर एरिया समितिको भेलाको उदघाटन गर्दै ३१ अगस्त २०२५ को सम्वोधनको क्रममा बताउनु भएको हो। भट्टराईले १९५० को भारत तथा नेपाल मैत्री सन्धी, आधार कार्ड सम्बन्धी समस्या लगाएतका विषयमा सरकार र नेपाली राजदुत समेतको भारत स्थित नेपालीहरुको समस्या प्रतिको उदासीनता प्रती पनि प्रश्न उठाउनु भयो।
भेलाले नारायण आरसीको अध्यक्षतामा पदमपुर एरिया समितिको गठन गरिएको छ। जस्मा उपाध्यक्ष गोपाल गिरि, सचिव मधु गिरि, सहसचिव तिलक बोहोरा, कोषाध्यक्ष मोहन गिरि रहनु भएको छ। यसैगरि सदस्यहरुमा प्रकाश गिरि, टिकाराम बिस्ट, जयलाल खडका, पिमा गिरि, हिमा आरसि, राम बहादुर बगाले, बिन्दु बोहरा, सिर्जना गिरि, बिष्णु गिरि, बल बहादुर बिस्ट रहनु भएको छ। यसैगरि बैकल्पिक सदस्यहरुमा पदमा बगाले, बिजय ढकाल र सल्लाहकारमा प्रकास गिरी, सर्वरुप बिक र दुई स्थान रिक्त रहेको छ ।
नवनिर्वाचित समितिलाई शुभकामना दिदै सम्वोधन गर्ने अन्य वक्ताहरुमा नगर अध्यक्ष गिरुप्रसाद न्यौपाने, नगर उपसचिव नारायण न्यौपाने, महिला बिभागकि पिमा गिरि, हेमा आरसी, माधव पोखरेल, टिकाराम बिस्ट, प्रकाश गीरी लगाएत हुनुहुन्थ्थो। कार्यक्रम एरिया अध्यक्ष नारायण आरसीको अध्यक्षतामा तथा नगर सहसचिव नारायण न्यौपानेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरूलाई मन्तब्यबाट स्वागत पिमा गिरिले गर्नु भएको थियो ।
















