
पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा ४७औँ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा हुनुहुन्थ्यो । शर्माले तात्कालिन अखिल भारत नेपाली एकता समाज उदेश्य र मूल प्रवाहले भारत प्रवासमा रहनु भएका श्रमजीवी नेपालीहरूको चेतना जगाउन खेलेको भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमा अर्को बक्ता मूल प्रवाह केन्द्रय सदस्य भगवती कुँवरले पनि मूल प्रवाहले भारतमा मात्रै नभएर विस्वस्तरमा छरिएर रहेका नेपाली श्रमजीवीहरूलाई जुटाउन अहम भुमिका खेलेको बताउनु भयो ।
नगर सचिव रवि पौडेलले सञ्चालन र गमबहादुर विकको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई नगर सहसचिव खड्क बहादुर कुँवरले स्वागत गर्नुभएको थियो ।
बलबहादुर क्षेत्रीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
















