
खिमराज चालिसे
चंडीगढ़, भारतको चंडीगढ़बाट 15 अगस्त 2025 को आफना तिन छोरा-छोरीहरु र श्रीमानलाई छोडेर एक्कासी सम्पर्क विहिन भएकी वर्ष 35 की मिना बिकको खोजीमा मूल प्रवाहले पहल गरेको छ।
केहि समय देखि चंडीगढ़ सेक्टर ४३ स्थित एक पिजीमा काम गर्दै र बस्दै आइरहेकी मिना बिक सम्पर्क बिहिन भएपछि सर्वत्र खोजी तलासी गर्दा पनि न भेटिएपछि खोजी तलासीको लागी श्रीमानले मूल प्रवाहलाई निवेदन दिएका हुन ।
श्रीमतीले चण्डीगढमा नोकरी गरेता पनि श्रीमान पंजाब राज्यको नवाँशहरमा नोकरी गर्ने र बच्चाहरू नवाँशहरमै डेरागरि बसेका थिए । मिना बिकले छोरी शर्मिला वर्ष 16, जेठो छोरा अनिल 13 वर्ष र कान्छो छोरा सिमरन वर्ष 5 वर्ष सहित आफुलाई छोडेर सम्पर्क विहिन भएको उनका श्रीमान मन बहादुर बिकले बताएका छन ।
हराएकी मीना बिकको बारेमा कुनै जानकारी भएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई या उनको श्रीमान मन बहादुर बिक +918968273103 र +91829063303 मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
















