जालन्धरमा मनाईयो १४७औँ स्तालिन दिवश

खिमराज चालिसे, चंडीगढ ।

अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्च जालन्धरको आयोजनामा आज २१ डिसेम्बर २०२५ को १४७ औं स्टालिन जयन्ती मनाइएको छ ।

मूल प्रवाहका केन्द्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा स्तालिनको जिवनी र उनले सर्वहारा वर्गको मुक्ति एवं विश्व पुँजीवाद माथि गरेको विजयको बारे व्यापक चर्चा गरिएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, परिषद सदस्य लक्ष्मण खड्का र जमुना गाहा, महिला क्षेत्रीय विभाग सदस्य र मीना बगाले, मीना थापा, इन्दिरा कुँवर, लक्ष्मी थापा, रोशनी बस्याल, विद्यार्थी संघका केन्द्रीय समितिबाट शिखर गाहा, माधव खनाल, लक्ष्मण केसी, सन्जीत बस्याल, कविता थापा, माया परियार लगाएतले कमरेड स्टालिन बारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा तिल बहादुर थापाको संचालनमा तथा जितमान थापाको अध्यक्षता सन्जीत बस्यालको स्वागत मन्तव्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार